Dashain Banner
Dashain Banner

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा, मिल्छ चाहिँ कहिले ?

आइतबार, वैशाख २३, २०८१

सन्दीप लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा परेको छ।उच्च अदालत पाटनका मुख्य  न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो।

मुख्य न्यायाधीश निरौलाले नै यस मुद्दालाई 'रेक्युजल' गरेको सन्दीपका कानुन व्यवसायीले बताएका छन्।

निरौलाले यसअघि यो मुद्दामा सुनुवाइ गरेर झगडिया झिकाउने आदेश गरेका थिए। अघिल्ला क्रमका मुद्दाहरू हेरेर सन्दीपको मुद्दा छाडी इजलास अगाडि बढेको छ।

बलात्कार अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन्। अघिल्लो साता समेत पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो। यद्यपि यो मुद्दालाई उच्च अदालतले अग्राधिकार दिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्