Dashain Banner
Dashain Banner

महोत्तरीका सिडिओ लालबाबुले सम्हाले कमाण्ड, दिए यस्तो निर्देशन

बुधबार, कात्तिक १४, २०८१

गृहमन्त्रालयमा लामो समय कार्यरत सहसचिव लालबाबु कवारीलाई मन्त्रालयले कार्तिक ८ गते महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाउने निर्णय गर्यो। मन्त्रालयको सो निर्णयपछि सिडिओ कवारीले आज १४ गतेदेखि महोत्तरीको कमाण्ड सम्हालेका छन्। 

आज बाट कार्यभार सम्हालेका कवारीले अन्य जिल्लामा पनि सिडिओ चलाई सकेका छन् 

पदभार ग्रहण गरेपछि उनले सुरक्षा समितिको बैठक राखेर जिल्लाका प्रहरी प्रमुखलाई दिपावली, छठ लगायतका चाडपर्व लक्षित सुरक्षाब्यवस्था कडा बनाउन निर्देशन दिएका छन् । कार्यालयको आन्तरिक बैठक राखेका कवारीले मातहातका कर्मचारीलाई सेवाग्राहीको सेवालाई छिटो र छरितो बनाउन निर्देशनसमेत दिए । महोत्तरी नजिकैको सिरहा जिल्लाको सिडिओ चलाईसकेका कवारी महोत्तरीकै स्थानीय भएकोले त्यहाँको चरित्र र स्वभाव संग परिचित छन्। 

हक्की प्रशासकको परिचय बनाएका कवारीले महोत्तरीको सुरक्षा व्यबस्था चुस्त बनाउने र सीमा क्षेत्रमा हुने हरेक किसिमका नाजायज गतिविधि नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्