Dashain Banner
Dashain Banner

आजदेखि छ दिन सम्म चार घण्टा काठमाडौँका यी ठाउँमा बिजुली जाने

आइतबार, वैशाख २३, २०८१

काठमाडौँका केही ठाउँमा आज (आइतबार) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। 

विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज (वैशाख २३) देखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो।

कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिशरणको भनाई छ। 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्