Dashain Banner
Dashain Banner

काठमाडौँ उपत्यकाका यी स्थानमा आज शनिबार विद्युत् बन्द

शनिबार, कात्तिक १०, २०८१

काठमाडौँ उपत्यकाका  विभिन्न स्थानमा आज (शनिबार) विद्युत् बन्द गरिएको छ। 

नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको नयाँबजार फिडरअन्तर्गत विष्णुमती नदी पूर्व नयाँबजारबाट सोह्रखुटे ओरालो हुँदै म्हेपी मन्दिर पूर्व मनाङे गेट, भ्याली कोल्ड स्टोर बखतीपोखरी, इन्द्रायणी मन्दिरसम्मका क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि विद्युत् बन्द गराइएको हो। 

यसैगरी महाराजगन्ज वितरण केन्द्रको धापासी फिडरअन्तर्गतका बसुन्धारा, टोखारोड, बानियाटार, ग्रान्डी वरपरका क्षेत्रमा बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्मका लागि विद्युत् बन्द गराइएको छ। प्रिभेन्टिभ मेन्टिनेन्स कार्यका लागि ती स्थानमा बिजुल बन्द गरिएको हो। 

यस्तै महाराजगन्ज वितरण केन्द्रकै खानेपानी फिडर अन्तर्गत पर्ने गोंगबु, गणेशस्थान, बानियाटार, भण्डारी गाउँ, जाल्पा चोक, धनेश्वर, भत्केको पुल, सांग्लालगायतका क्षेत्रमा पनि अहिले दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्मका लागि विद्युत सेवा बन्द गरिनेछ। 

प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्रका खुमलटार फिडर  र रिङरोड फिडरअन्तर्गत चापागाउँ दोबाटो, ढोलाहिटी, साङपाङ चोक, सुनाकोठी, ठेचोलगायतका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्मका लागि विद्युत सेवा अवरुद्ध गरिएको छ। 

प्रिभेन्टिभ मेन्टिनेन्सका लागि फिडर सटडाउन गर्नुपरेकाले ती स्थानमा केही घन्टा विद्युत् बन्द गरेर काम गर्नुपरेको हो।

निर्धारित समयअगावै काम सकिएमा तोकिएको समयसीमा भन्दा अघि नै पनि विद्युत् सञ्चालन हुने जानकारी पनि विद्युत् प्राधिकरणले दिएको छ। 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्