Dashain Banner
Dashain Banner

मन्त्री भण्डारीले उद्योग विभागको महानिर्देशकको चाबी राजेशलाई थमाए

शुक्रबार, कात्तिक ९, २०८१

उद्योग विभागको महानिर्देशकमा राजेश्वर ज्ञवाली नियुक्त भएका छन्। कार्तिक दुई गते बसेको क्याबिनेटले राष्ट्रिय योजना आयोगमा कार्यरत ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राजेशलाई उद्योग विभागको चाबी थमाएका हुन्। त्यहाँका महानिर्देशक यज्ञराज कोइरालाको सोहि दिनको क्याबिनेट निर्णय बाटै योजना आयोगमा सरुवा गरेको छ। 

काबिल प्रशासक ज्ञवालीले काठमाडौँ महानगरको प्रमुख कार्यकारी अधिकृत भएर सफलता पूर्वक कार्यसम्पादन गरेका थिए। योजना आयोग हुँदै अर्थमन्त्रालय सम्म काम गरेर उनले प्रशासनिक कार्यलाई तिख्खर बनाएको जस पाएका छन्। उनले नेपाल ट्रस्टमा समेत काम गरेका थिए।   उपसचिव हुँदा पनि उनले महत्वपूर्ण अड्डामा काम गरेको अनुभव छ। सिद्दहस्त प्रशासक ज्ञवालीले उचित स्थान पाएको निजामति क्षेत्रमा चर्चा भएको छ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्