Dashain Banner
Dashain Banner

अवकाशको मुखैमा राणालाई एआईजी, होजुलाई पनि उकालिने

सोमबार, कात्तिक ५, २०८१

नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजुको नाम सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् । उनी यही कात्तिक १६ गते अनिवार्य अवकाशमा जाँदैछन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्