Dashain Banner
Dashain Banner

दसैँमा ससुराली गएका पोखरेललाई नुहाउने क्रममा मादी नदीले ज्यानै लियो

आइतबार, असोज २७, २०८१

तनहुँको व्यास नगरपालिका-६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए। दसैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो। स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्