Dashain Banner
Dashain Banner

जानुपर्ने युएई, लगियो सुन्धाराको राजस्थान होटल

शुक्रबार, वैशाख २१, २०८१

आज दिउँसो चार बजे काठमाडौंबाट युएईतर्फ उड्न लागेको एअर अरेबियाको जहाजमा एकाएक समस्या देखियो । समस्या अरू केही नभएर विमानको टायर पञ्चर हुनु नै थियो। अनि, जटिलता निम्तियो। र, १६७ यात्रु युएई नभर सुन्धारा तर्फ सोझिनुपर्यो। अहिले ती यात्रु सुन्धारास्थित राजस्थान होटलमा तनावसहित आराम गरिरहेका छन् ।

यात्रुलाई दिएको जानकारी अनुसार भोलि उताबाट आउने एअर अरेबियाको विमानमा टायर ल्याएपछि मात्रै आजको विमानले उडान भर्न सक्ने भनिएको छ। उता, जाने टोलीमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै भएको बताईएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्