Dashain Banner
Dashain Banner

पुण्यराज गौतममाथि रड प्रहार गर्ने दुई जना समातिए

बिहीबार, असोज २४, २०८१

नेकपा (एमाले) का नेता पुण्यराज गौतममाथि रड प्रहार गरी फरार रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले काभ्रेपलान्चोक तेमाल घर भई भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड–५ घर भई काठमाडौं, गोकर्णेश्‍वर– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानलाई पक्राउ गरेको हो ।

गत असोज २१ गते राति काठमाडौंको गोकर्णेश्वर–८ बेशीगाँउस्थित सडक खण्डमा पुण्य गौतममाथि अपरिचित व्यक्तिहरुले रड प्रहार गरी घाईते बनाएका थिए । उनको अहिले नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, अत्तरखेलमा उपचार भई रहेको छ ।

गङदान विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको नागरिक बचाउ महाअभियानअन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक रहेको बताइएको छ । उनी गौतममाथि प्रहार गर्ने घटनाको मुख्य योजनाकार रहेको खुलेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्