Dashain Banner
Dashain Banner

बाटो प्रमाणित गर्न एक लाख २५ हजार दम्पच पार्ने हाकिमलाई अदालतले डाम्यो

शुक्रबार, वैशाख २१, २०८१

विशेष अदालतले नापी कार्यालय भद्रपुर, झापाका सर्वेक्षक देवनारायण ठाकुरलाई भ्रष्टाचार मुद्दामा दोषी प्रमाणित गरेको छ। न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ठाकुरले भ्रष्टाचार गरेको ठहर गरेको हो। 

अख्तियारले गत असोज २९ गते सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। तर, बिचौलियालाई भने अदालतले उन्मुक्ति दिएको छ। ठाकुरलाई  अदालतले ६ महिना कैद सजाय र १ लाख २५ हजार रूपैयाँ जरिवाना पनि तोकेको छ।

जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनको लागि उनीहरूले सेवाग्राहीसँग ७० हजार नगद र ५५ हजारको चेक बुझेका थिए।उनीहरूलाई भद्रपुर नगरपालिका–७, चन्द्रगढीबाट पक्राउ गरिएको थियो। काण्डमा जोडिएका अर्का सर्वेक्षक सुवासचन्द्र यादवले भने  सफाइ पाएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्