Dashain Banner
Dashain Banner

बाढी-पहिरोमा परी काभ्रेमा मात्रै ७७ जनाको मृत्यु, पाँच जना अझै बेपत्ता

आइतबार, असोज २०, २०८१

असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित बाढी, पहिरो तथा डुबानका कारण काभ्रेपलाञ्चोकमा मात्रै ७७ जनाको मृत्यु भएको छ ।

त्यसमा ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार बाढी, पहिरो तथा डुबानमा परी पाँचजना बेपत्ता छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलका अनुसार मृत्य भएकाहरूमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्