Dashain Banner
Dashain Banner

डढेलो लगाउनेको नाम खुसुक्क भन्नुहोस्, ठाउँको ठाउँ ५० हजार नगदै लानुहोस्

शुक्रबार, वैशाख २१, २०८१

देशभरका वनबाट उडेको धुँवाको मुस्लोले वातावरण प्रदूषण यति बढेको छ कि काठमाडौं विश्वकै सबैभन्दा प्रदुषित सहरमा कहिलो पहिलो त कहिले सर्वोत्कृष्ट बनेको छ। जंगल कुनै छुटेका छैनन्, जहाँ डढेलो नलागेको होस्। 

केन्द्रीय सरकारलाई खासै चासो भएको देखिदैन। तर, स्थानीय सरकारले भने केही गर्न खोजेको हो कि जस्तो देखिन थालेको छ तर पार चाँही लागेको छैन। नेपालमा अहिले ४७ जिल्लाका ३५० ठाउँमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

उता,सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वनमा आगो लगाउने व्यक्तिबारे प्रमाणसहित जानकारी दिने व्यक्तिलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ। सूचना दिने सूचकको नाम अतिगोप्य राखिने भन्दै गाउँपालिकाले सार्वजनिक सूचना नै प्रकाशित गरेको छ। 

यस्तो छ सूचना 

‘आम हेलम्बुबासीलगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउनेजस्ता कुनै पनि कार्य नगर्नु हुन आग्रह गर्दै अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाहि गरिने विषय समेत सबैलाई सूचित गरिन्छ। साथै त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिको बारे सप्रमाण जानकारी यस कार्यालयमा दिएमा सूचनादाताको नाम गोप्य राखी निजलाई रु ५००००।– नगद पुरस्कार दिइने व्यहोरासमेत जानकारी गराइन्छ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्