Dashain Banner
Dashain Banner

दुई दिन सम्म आनीहरूलाई के-के सिकाईयो ? के-के सिके ?

बुधबार, असोज १६, २०८१

सामाजिक गतिविधिमा आनीहरूलाई सक्रिय र उत्तरदायी बनाउन आयोजना गरिएको विशेष कार्यशाला गोष्ठीको समापन बगिएको छ।  आनीहरूलाई समुदायको विभिन्न क्षेत्रमा योगदान दिन प्रोत्साहित गर्ने कार्यक्रमको लक्ष्य थियो। 

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा होटेल रोयल एयरपोर्टमा आयोजित गोष्ठीमा विभिन्न गुम्बाहरुबाट आनीहरूको सहभागिता रहेको थियो । जसमा उनीहरूले सामाजिक सेवामा संलग्न हुने विविध तरिकाहरू, नेतृत्व विकास, र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उपायहरूको प्रशिक्षण प्राप्त गरे। गोष्ठीमा मानसिक स्वास्थ्य, लैङ्गिक समानता, शिक्षा, र वातावरण संरक्षण जस्ता विषयमा छलफल गरिएको थियो।

सोमबार र मंगलबार दुई दिनसम्म चलेको  गोष्ठीमा सामाजिक सशक्तीकरण, बौद्ध धर्ममा आनीहरूको भूमिका, नेपालमा बौद्धधर्मको विकास क्रम र समाज सुधारमा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिइएको थियो । उल्लेखित बिषयमा क्रमशः आनी छोइङ, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा,उपप्रध्यापक कुमारी लामा, आचार्य सार्की लामा, आचार्य नुरु शेर्पाले प्रशिक्षण दिएका थिए ।

सहभागी आनीहरुले भनिन्, ‘यो कार्यक्रमले हामीलाई समाजसँग नजिक हुने र सेवा गर्न नयाँ तरिकाहरू सिकायो। यसले हाम्रो दायित्व र समाजप्रति जिम्मेवारीलाई अझ प्रबल बनाएको छ।’

सहभागीहरुले सामाजिक गतिविधिमा सक्रिय गराउन उत्साहित बनाएको र अधिक उर्जाशील प्रेरणामा थपेको बताएका छन् । यस्ता प्रशिक्षणहरुले आनीहरुको सवालजवाफ गर्ने क्षमता अभिवृद्धि गर्न गोष्ठीले सहयोग उनीहरुले बताएका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले आर्थिक वर्षको नीति कार्यक्रम अन्तर्गत कार्ययोजना अनुसार सम्बन्धित सरोकारवालाहरु बीच समन्वयात्मक भूमिका सशक्त गर्ने बताएका छन् । दोङले बौद्ध ज्ञान गुम्बाहरूमा मात्रै सिमितता नगरी आम समुदायमा पुर्‍याउनु आजको आवश्यकता रहेको बताए ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्