मन्त्रिपरिषद्‌को बैठक बालुवाटारमा

सोमबार, असोज १४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद्‌को बैठक बसेको छ । बालुवाटारमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओली अमेरिकाको भ्रमण सकेर आज अपराह्नमात्र स्वदेश फर्किएका हुन् ।

अविरल वर्षापछि निम्तिएको विपद्‌मा सरकारको पूर्वतयारी र उद्धार प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्