Dashain Banner
Dashain Banner

दुई संसदीय समितिको बैठक, के छ एजेन्डा ?

शुक्रबार, असोज ११, २०८१

दुई संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्