Dashain Banner
Dashain Banner

उच्च अदालतका न्यायाधीश विपुल न्यौपानेको सरुवा

आइतबार, असोज ६, २०८१

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश विपुल न्यौपानेको सरुवा गरेको छ।

न्याय परिषद्को आइतबार बसेको बैठकले न्यायाधीश न्यौपानेलाई उच्च अदालत विराटनगरबाट सोही अदालतमातहतको इलाम इजलासमा सरुवा गर्ने निर्णय गरेको हो।

यसअघि उनी इलाममा कामकाज गर्ने गरी खटिएका न्यौपानेलाई सरुवा नै गरिएको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षत्रीले जानकारी दिए।

यस्तै उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दलाई राजस्व न्यायाधीकरण, विराटनगरको अध्यक्ष तोक्ने निर्णय पनि न्याय परिषद्ले गरेको क्षत्रीले बताए।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्