Dashain Banner
Dashain Banner

साठी वर्षका पुरुषले ५६ वर्षीय महिलालाई बलात्कार गरे, पुलिसले समात्यो 

शुक्रबार, असोज ४, २०८१

५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका–१ गैरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्