Dashain Banner
Dashain Banner

राष्ट्रिय शिक्षा दिवस आज, पदक पाउनेको नाम आजै घोषणा

बुधबार, असोज २, २०८१

राष्ट्रिय शिक्षा दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ।

सरकारले यो वर्ष दिवसको आदर्श वाक्य ‘ज्ञान, विज्ञान, सीप, उद्धम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ तय गरेको छ। 

दिवसकै अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल विद्याभूषण ‘क’ ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्र विद्यापदक ‘क’ र ‘ख’ तथा छात्रा पुरस्कारका लागि छनोट भएकाहरूको नामावली प्रकाशन गर्ने भएको छ। पदक र प्रमाणपत्र वितरणको कार्यक्रमको मिति पछि प्रकाशन गर्ने पनि मन्त्रालयले जनाएको छ।

 मन्त्रालयले भदौ १३ गते नै उक्त दिवसको दिन यो आदर्श वाक्यसहित मुलुकभर सप्ताहव्यापी रूपमा विविध रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित राष्ट्रिय शिक्षा दिवस २०८१ मनाउने व्यवस्थाका लागि अनुरोध गरेको थियो। 

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनको अवसर पारेर अघिल्लो वर्षदेखि प्रत्येक वर्ष असोज २ गतेका दिन शिक्षा दिवस मनाउन थालिएको हो।

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्