Dashain Banner
Dashain Banner

मन्त्रिपरिषद्को बैठक डाकियो, के-के एजेन्डा राखियो ?

बिहीबार, वैशाख २०, २०८१

बजेट ल्याउनु पर्ने दिन नजिकिदै जाँदा सरकार प्रेसरमा छ। जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। 

संघीय संसदको हिउँदे अधिवेशन अर्थात् बजेट अधिवेशन डाक्न राष्ट्रपतिलाई सिफारिस गर्न आज मन्त्रिपरिषद्को बैठक बोलाईएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दिउँसो साढे दुई बजे बस्ने गरि मन्त्रीहरूलाई खबर पठाईएको छ।

हिउँदे अधिवेशन वैशाख २८ गते शुक्रवार बोलाउने तयारी सरकारले गरेको छ । त्यसबाहेक नियमित एजेन्डाले क्याबिनेटमा प्रवेश पाउने बुझिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्