Dashain Banner
Dashain Banner

पहाडी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गयो 

आइतबार, भदौ ३०, २०८१

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। 

गएराति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा‍.लोकविजय अधिकारीले जानकारी दिए। 

यो भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महशुस गरिएको छ। मध्यराति भूकम्प गएपछि मानिसहरु डराएर घर बाहिर निस्किएका थिए। 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्