Dashain Banner
Dashain Banner

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छ कार्यसूची ?

बुधबार, भदौ २६, २०८१

संघीय संसद्अन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन्।

आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै मन्त्री चौरसियाले विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्