Dashain Banner
Dashain Banner

जलहरीमा उन्मुक्ति पाएका सदस्य सचिव पशुपति पुगे, साउनदेखि निशुल्क शव जलाउने

बुधबार, वैशाख १९, २०८१

पशुपतिको जलहरी प्रकरणमा मुछिएकालाई विशेष अदालतले हिजो मात्रै निर्दोष ठहर गर्यो। सदस्य सचिव हुँदै जलहरी काण्डमा मुछिएका मिलन थापाले सफाई पाए लगत्तै पशुपति पुगेर कार्यभार सम्हालेका छन् ।

 सफाई पाएपछि कार्यभार सम्हाल्दै उनले पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने घोषणा गरेका छन् ।

त्यस्तै, उनले सेतो सत्तल गुह्वेश्वरीमा वृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन्। 

उनलाई प्रधानमन्त्रीस्तरीय बैठकले २०७८ भदौ १८ गते चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्