Dashain Banner
Dashain Banner

रुसमा डुलफिर गरेर स्वदेश फर्किए माधव नेपाल 

शनिबार, भदौ २२, २०८१

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए ।

रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी भदौ १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भदौ १८–२१ गतेसम्म सञ्चालन भएको सम्मेलनमा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिएका थिए । त्यस अवसरमा अध्यक्ष नेपालले चीन, रुस लगायत विभिन्न देशका कम्युनिष्ट नेताहरूसँग भेटघाट तथा आपसी हितबारे छलफल गरेका थिए ।

अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्ज सहितको जिम्मेवारी तोकिने तयारी रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्