एनसेल एपबाट पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सकिने 

शुक्रबार, भदौ २१, २०८१

एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ ।

ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्नेछन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै एपबाट पनि लिन सकिने भएको छ ।

प्रयोगकर्ताहरूले पुलिस रिपोर्टका लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

साउन २९ गतेबाट लागू हुने गरी एनसेलले नेपाल प्रहरीको वेबसाइट नेपालपुलिस डट्जीओभी डट्एनपीलाई आफ्नो नेटवर्कमा विना कुनै डेटा शुल्क चल्ने गरी निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदन लगायतका सेवाहरू लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।

‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं । यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने, ‘सधैं अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ ।’

एनसेलको एपले स्वसेवाको अवधारणालाई पुनः परिभाषित गर्दै डिजिटल रूपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रूपमा स्थापित गरेको छ । कम्पनीले भनेको छ, ‘एनसेल एपलाई स्थानीय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकहरूको प्रयोग गरेर अद्यावधिक गरिएको छ र यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्दछ । यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरूका लागि पनि एकदमै महत्त्व राख्दछ ।’

रोमिङका बेलामा ग्राहकहरूले सजिलै रिचार्ज गर्न, प्याकहरू किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन् । ग्राहकहरूले सजिलैसँग गूगल प्ले स्टोर वा एप स्टोरमा गई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्