Dashain Banner
Dashain Banner

कस्तो हुन्छ आजको मौसम ? कता-कता पर्छ पानी ?

शुक्रबार, भदौ १४, २०८१

जल तथा माैसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागकाे भनाइ छ। जसकारण अहिले सातै प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसाे कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक‍-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा नदीकाे बहाब, बाढीपहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्