Dashain Banner
Dashain Banner

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णयमा अदालतले खन्यायो तातोपानी

आइतबार, भदौ ९, २०८१

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरु डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अधिवक्ता रामबहादुर रावल लगायतले परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

२०८१ जेठ २४ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा १ साउनबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

दोस्रो चरणमा १ माघ २०८१ बाट थप ३८ जिल्लामा र २०८२ साउन १ पछि भने देशैभरि ७७ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्