Dashain Banner
Dashain Banner

टीआरसी विधेयक राष्ट्रिय सभाबाट पारित

बिहीबार, भदौ ६, २०८१

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले विधेयकलाई पारित गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भनी राखेर प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रतिनिधि सभामा संशोधन विधेयक २०७९ फागुन २९ गते दर्ता भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्