Dashain Banner
Dashain Banner

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिईओको जिम्मेवारी रमेश आचार्यले पाए 

मंगलबार, साउन २९, २०८१

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सीईओमा धादिङ्गका रमेश आचार्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को  बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छनौट समितिबाट तीन जनाको नाम मन्त्रीपरिषद् बैठकमा पेश भएको थियो । डिल्लीराम लम्साल, गोपीनाथ न्यौपाने र आचार्य सिफारिस भएका थिए ।

मन्त्रीपरिषद् बैठकले भने आचार्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ । सीईओको लागि बैशाखमा आवेदन खुलाएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि १८ जनाले आवेदन दिएका थिए । वैशाख ४ गते आवेदन माग भएको थियो । उक्त आवेदन अनुसार उम्मेदवारी दिनेमा यसोदा कार्की, भिमबहादुर थापा, गोपाल घिमिरे, कविप्रसाद पाठक, बालकृष्ण बस्नेत, संजीव रोकाहा, श्यामदत्त भट्ट, बिष्णु मिश्र रहेका थिए ।

त्यस्तै,छत्रबहादुर कटुवाल , रामदेव यादव, कुलप्रसाद राई, जीवनारायण काफ्ले, भूपेन्द्रप्रसाद अर्याल, नरेन्द्रबहादुर बोहोराले समेत आवेदन दिएका थिए।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्