Dashain Banner
Dashain Banner

दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किए

सोमबार, साउन २८, २०८१

नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन् । आइतबार बिहान नेपाल आएका भारतीय विदेश सचिव मिस्री सोमबार साँझ स्वदेश फर्किएका हुन् ।  

नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

यस्तै सोमबार भारतीय विदेश सचिव मिस्रीले सोमबार आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा उनीहरूबिच भारत र नेपालबिचको बहुआयामिक सहकार्यका विभिन्न पक्षमा छलफल भएको थियो । 

दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरूबारे छलफल गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्