Dashain Banner
Dashain Banner

पाँच भाई भारतीय २४ लाख सहित खोरमा

बिहीबार, साउन २४, २०८१

नेपालगञ्ज विमानस्थलबाट प्रहरीले स्रोत नखुलेको २४ लाख रूपैयाँसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विमानबाट काठमाडौँ जान लागेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका पाँच जनाको टोलीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

उनका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशीष गुप्ता, ३९ वर्षीय पंकज जैसवाल र ४६ वर्षीय विमल गुप्ता पक्राउ परेका छन्।

उनीहरुलाई जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डाँगीले बताए।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्