Dashain Banner
Dashain Banner

शिक्षक-कर्मचारीकाे चाडबाड खर्च यथावत् हो कि कटौती भएको हो ?

बिहीबार, साउन २४, २०८१

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले जारी गरेकाे कार्यक्रम कार्यान्वयन कार्यविधिमा चाडबाड खर्चबारे शिक्षक-कर्मचारीमा अन्यौल छाएको पाईएको छ।

अन्याेलमा परेकाे भन्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले शिक्षक-कर्मचारीकाे चाडबाड खर्च यथावत् गर्न आग्रह गरेका छन्।

अध्यक्ष सुवेदीले सरकारकाे ध्यानाकर्षण पनि गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष सुवेदीले भनेका छन्,‘चाडपर्व खर्च बारेः कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख गर्दा भएको त्रुटिका कारण चाडपर्व खर्चबारे साथीहरूमा संशय सिर्जना भएको छ। त्यसबारे सम्बन्धित निकायमा छलफल भइसकेको छ। तसर्थ चाडपर्व खर्च पहिले जस्तै यथावत् प्राप्त हुने कुरा सबैमा अनुरोध छ।’

कार्यान्वयन कार्यविधि हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्