Dashain Banner
Dashain Banner

हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पोस्टमार्टम आज हुँदै

बिहीबार, साउन २४, २०८१

एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पोस्टमार्टम आज हुँदैछ।

त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने छ।बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाएको हो।

दुर्घटनामा परी पाइलट अरुण मल्ल, चिनियाँ नागरिक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीय वु यीयाओ रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधवार दिउँसो १ः५४ बजे रसुवाको स्याँफ्रुबेसीका लागि उडेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो।

दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्