Dashain Banner
Dashain Banner

ईसीडी शिक्षक र विद्यालय कर्मचारीका विषयमा मन्त्रीले स्वीकृत गरेको कार्यविधिमा के छ ?

बुधबार, साउन २३, २०८१

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले चालु आर्थिक वर्षका लागि कार्यक्रम कार्यान्वयन कार्यविधि  जारी गरेको छ। जसमा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको क्रियाकलाप र कार्यान्वयन प्रक्रियाबारे उल्लेख छ।

साउन ११ गते शिक्षामन्त्री विद्या भट्टराईले स्वीकृत गरेको  कार्यविधिमा ईसीडी शिक्षक र कर्मचारीको पारिश्रमिकबारे पनि उल्लेख छ। उनीहरूलाई गाउँपालिका तथा नगरपालिकाले चाडबाड खर्चका लागि अनुदान उपलब्ध गराउनुपर्ने कार्यविधिमा भनिएकाे छ।

अनुदान उपलब्धका लागि शिक्षा विकास तथा समन्वय एकाइले  सहजीकरण तथा समन्वय गर्ने बताइएकाे छ। र कडाईका साथ लागु गर्न पनि भनेको छ। 

कार्यविधि हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्