Dashain Banner
Dashain Banner

मनकारी सांसद अब्दुल खान, विपन्न छात्रालाई बाँडे शैक्षिक सामग्री थान् का थान् 

सोमबार, साउन २१, २०८१

पूर्वमन्त्री समेत रहेका बहालवाला सांसद अब्दुल खानले बर्दियाका सय भन्दा बढी विपन्न छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । जिल्ला सदरमुकाम गुलरियामा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यक्रममा सांसद खानले १ सय ७ जना छात्रालाई शैक्षिक सामग्री बाँडेका हुन् । विभिन्न १० विद्यालयमा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्  । 

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका खानले विपन्न विद्यार्थीलाई पढाईमा आकर्षित गराउन शैक्षिक सामाग्री वितरण गरिएको बताए । खानले शिक्षामा लगानी नगरेसम्म सभ्य समाज नबन्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए ।khaan-1722874597.jpg
उनले निकट भविष्यमा बिद्यार्थीका लागि बिशेष योजना बनाएर बालबालिकाको भविष्य निर्माणमा जोड दिइने बताए ।  कार्यक्रममा सहभागी छात्राले गीत मार्फत स्वागत संगै शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।  

कार्यक्रममा जनमत पार्टीका अन्य नेतासहित सयौंको उपस्थिती रहेको खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानले बताए । खान संसदको उद्दोग समितिका सभापति समेत हुन्। 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्