सुमो दुर्घटना हुँदा १० जना घाइते

शनिबार, साउन १९, २०८१

काठमाडौँबाट वीरगन्ज जाँदै गरेको सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शनिबार (आज) बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते भएका हुन्।

काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको सुमो आफैँ अनियन्त्रित भई सडकको नाला साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा चालकसहित १० जना घाइते भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर तथा सात जना यात्रुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि काठमाडौँ ल्याईएको छ। 
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्