जुवा खालबाट नौ भाईलाई प्रहरीले १० लाख सहित उठायो

मंगलबार, साउन १५, २०८१

काठमाडौंमा जुवा (ओखर) खेलिरहेको अवस्थामा नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंकै बूढानीलकण्ठ नगरपालिका–५, देउला टोलका २१ वर्षीय कविर देउलालगायत व्यक्ति छन् ।

काठमाडौं महानगरपालिका–४, चुनदेवीस्थित यमकुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोमबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद १० लाख ११ हजार रुपैयाँ र १३ ओखरसहित नौजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्