यस्तो छ इलाम-२ को पछिल्लो अपडेट

सोमबार, वैशाख १७, २०८१

इलाम क्षेत्र नम्बर–२ मा अग्रस्थानमा रहेका नेकपा (एमाले)का सुहाङ नेम्वाङले १९ हजार ६९७ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १३ हजार १९० मत पाएका छन् । उनीहरूबीच ६ हजार ५०७ मतान्तर छ ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ५१४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले ३ हजार ३२३ मत पाएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्