Dashain Banner
Dashain Banner

बिजुली काटिएका आधा दर्जन उद्योगको लाईन जोडियो, पाए तीन महिने म्याद

मंगलबार, साउन ८, २०८१

प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएको तीन दिनपछि बल्ल आज विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान गरिएको छ। 

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार दिउँसो ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेपछि बेलुका ८ बजेदेखि विद्युत् जडान गरिएको हो । तीन महिनाभित्र उद्योगीहरूको बक्यौता भुक्तानी नभए प्राधिकरणले कारबाही अगाडि निर्णय गरेको छ।  

उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो । आज देखि पूर्ववत रूपमा लाईन जडान गरिएको छ। 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्