Dashain Banner
Dashain Banner

अध्यक्ष अलिलाई अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा

सोमबार, वैशाख १७, २०८१

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेल अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले वडा अध्यक्ष अलीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएकाले अध्यक्ष अलीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिए।

घिमिरेका अनुसार आयोगको टोलीले चैत्र १८ गते वडा अध्यक्ष अलीलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध १५ हजार विगो माग गरिएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्