Dashain Banner
Dashain Banner

सिमलताल पहिरोमा बेपत्ता दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला पर्यो

शुक्रबार, साउन ४, २०८१

चितवनको सिमलतालस्थित पहिरोमा परेर बेपत्ता दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । शुक्रबार बिहानसम्म हराएकामध्ये २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुईवटा शव फेला परेको उनले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको जानकारी सशस्त्र प्रहरी बललाई गराएको छ ।

२३ शवमध्ये १४ शवको सनाखत भएको छ । आठ पुरूष र एक महिलाको  सनाखत हुन बाँकी छ ।

०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र ०३–००६ ख १५१६ नम्बरको एन्जल बस बेपत्ता भएका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्