कोशीको लोकसेवाको अध्यक्षमा पूर्वसचिव गुरागाईँ नियुक्त हुँदै

आइतबार, असार २३, २०८१

नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँलाई रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्न प्रदेश सरकारले सिफारिस गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्ति गर्न सिफारिस गरेको हो ।

लामो समय निजामती सेवामा काम गरेका गुरागाईँसँग लोक सेवा आयोगमा काम गरेको अनुभव पनि छ । उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए । उनी लोकसेवा आयोगको सचिव पनि भईसकेका ब्यक्ती हुन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्