Dashain Banner
Dashain Banner

कोशीको लोकसेवाको अध्यक्षमा पूर्वसचिव गुरागाईँ नियुक्त हुँदै

आइतबार, असार २३, २०८१

नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँलाई रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्न प्रदेश सरकारले सिफारिस गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्ति गर्न सिफारिस गरेको हो ।

लामो समय निजामती सेवामा काम गरेका गुरागाईँसँग लोक सेवा आयोगमा काम गरेको अनुभव पनि छ । उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए । उनी लोकसेवा आयोगको सचिव पनि भईसकेका ब्यक्ती हुन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्