Dashain Banner
Dashain Banner

आफैं मृत्यु रोजेका खड्काको परिवारलाई शहरी मन्त्री बुढाले दिए आधा लाख

आइतबार, वैशाख १६, २०८१

उच्च पदस्थ अधिकारी तल्लो तहका कर्मचारीप्रति अनुदार हुन्छन् भन्ने भाष्यलाई मन्त्री र सचिवले अस्वीकार मात्र गरेका छैनन् प्रथम दृष्टिमै सोझै खारेज गरिदिएका छन् ।

सहरी विकास मन्त्रालयमा करारमा कार्यरत कार्यालय सहयोगी पुष्कर खड्काको बैशाख १० गते मृत्युु भयो। सहरी विकास मन्त्रालयमा त उसै खड्का सबैका प्रिय थिए नै सिङ्गो सिंहदरबार भित्र तल्लो तहका कर्मचारी माझ झन् लोकप्रिय थिए।

प्रशासनिक मर्म बुझेका उनी सचिवको सचिवालयदेखि मन्त्रालयको रेखदेखको अभिभारा लिएर बसेका थिए। 

विधिको बिधान भनौं या त उनको गलत कदमका कारण छोरो टुहुरो बन्यो, श्रीमतीको सिउँदो पुछियो। त्यसको पुरताल त कसै गरि हुन सक्दैन । तर, खड्का कार्यरत मन्त्रालयका मूली मन्त्री धनबहादुर बुढा र सचिव मणीराम गेलाल किरियापुत्री भेट्न पुगेर मल्हम लगाउने प्रयासमा जुटेका हुन् ।

मनोहरा किरिया पुत्री भवनमा पुगेर मन्त्री र सचिवले खड्काका आमा,श्रीमती, भाइ र छोरालाई भेटेर फर्किएका छन् । बैशाख १० गते आत्महत्या गरेका खड्काको सोही दिन अन्त्येष्टि गरिएको थियो । जहाँ सचिव सहितका सबै कर्मचारी पशुपति आर्यघाट पुगेका थिए । बहालवाला सचिव त आर्यघाट पुग्ने नै भए सहरी विकास मन्त्री भएकी रामकुमारी झाँक्री समेत उनको अन्तिम विदाईमा आर्यघाट पुगिन् । त्यस्तै सहरीकै पूर्व सचिव डा.रमेशप्रसाद सिंह समेत आर्यघाट पुगेका थिए।

पाँच बर्षको छोरो र आमाको जिवनयापनका सवालमा मन्त्री बुढाले चासो राखेका छन् । उनले आजै मात्र खड्का परिवारलाई भेटेर पचास हजार हस्तान्तरण गरेका हुन् ।

सार्वजनिक बिदाका दिन समेत आफूले लिएको जिम्मेवारी पूरा गर्ने खड्का मन्त्री सचिव कार्यालयमा रहुन्जेल बसेर मन्त्रालय बन्द गर्ने गर्थे। मन्त्रालयले उनी जस्तो ईमान्दार कर्मचारी अब पाउन मुस्किल हुने शहरीका कर्मचारीको भनाई छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्