Dashain Banner
Dashain Banner

जिप दुर्घटनामा आठ जनाले ज्यान गुमाए, पाँच गम्भीर घाईते

सोमबार, असार १७, २०८१

रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। जिप दुर्घटना हुँदा आठ जनाले ज्यान गुमाएका छन् ।
मृतक र घाइतेको परिचय खुलिसकेको छैन । 

अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ । स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन् । 

लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं. ४ स्थित परेवा छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब चार सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । यसबाहेक घटनाको अरू  विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्