सोसल मिडिया
युनिकोड
इलाम क्षेत्र नम्बर–२ मा मतगणना थालिएको छ । आइतबार अपराह्नदेखि फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिँदै छ । सिटी हलमा दुई स्थानमा मतगणना भइरहेको सो कार्यालयले जनाएको छ । मतगणनास्थलमा तारजाली लगाइएको छ । सीसी क्यामेरा समेत जडान गरिएको छ ।