बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु

आइतबार, वैशाख १६, २०८१

बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

    मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए ।

    शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्  ।-रासस 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्