Dashain Banner
Dashain Banner

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

बुधबार, असार १२, २०८१

आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखाले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने बताएको छ ।

विभागले सूचना जारी गर्दै कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआरकोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नहुने बताएका हो ।

आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१क. थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था भएको पनि विभागले बताएको छ ।

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा भएको पाइएमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्