Dashain Banner
Dashain Banner

पूर्वरक्षा सचिव चक्रबन्धु अर्याल भ्रष्टाचार मुद्दामा दोषी ठहर, डेढ वर्ष जेल सजाय

सोमबार, असार १०, २०८१

पूर्वरक्षा सचिव चक्रबन्धु अर्याललाई  भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

२०६९ मंसिरमा विशेष अदालतले पूर्वरक्षा सचिव  अर्याललाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ६६ लाख जरिवाना र सोही बराबर बिगो असुल हुने भनेको थियो ।

विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अर्याललाई १ वर्ष र पदको दुरुपयोग गरेबापत थप ६ महिना   गरी डेढ वर्ष जेल सजाय सुनाएको थियो । सर्वोच्चले त्यसैलाई सदर गरेको हो।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्