सोसल मिडिया
युनिकोड
नक्कली लाइसेन्स प्रकरणमा जोडिएका पात्रलाई सिआईबी भटाभट समात्न थालेको छ। आजै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को फन्दामा परेका छन्।
यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा सिआईबीले अर्यालमा समातेको हो। सूचना प्रविधि विभागबाट हालसालै मात्र अर्यालको अख्तियारमा सरुवा भएको थियो। हिजै मात्र सिआईबीले यातायात ब्यबस्था विभागका करारका इन्जिनियर हरिश भट्टलाई नियन्त्रणमा लिएको थियो। अख्तियारमा ओत लाग्न पुगेका अर्याल समातिएपछि नक्कली लाईसेन्स काण्डको थप बदमासी बाहिरिने भएको छ।
अख्तियारमा सरुवा स्रोतका अनुसार नक्कली लाइसेन्स प्रकरणमा इन्जिनियर अर्याल पक्राउ परेका हुन् । उनको सूचना प्रविधि विभागबाट हालै अख्तियारमा सरुवा भएको थियो । थप विवरण खुल्नै बाँकी छ । यसअघि यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट समातिसकेका छन् । यद्यपि भट्टको करार अवधि भने थप गरिएको छैन । उनीसँगै अनुसन्धानका लागि अख्तियारमा सरुवा भएका इन्जिनियर अर्याल पक्राउ परेका हुन् ।
नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको अनुसन्धानको कार्यलाई सिआईबीले तीब्र पारेको छ। करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र(लाइसेन्स) जारी भएको भेटिएको छ । तीबाहेक प्रदेश सरकार मातहतका यातायात कार्यालयहरुमा गडबड भएको भेटिएपछि जारी गर्ने तयारीमा रहेका करिब २३ हजार लाइसेन्स रोकिएका थिए ।