Dashain Banner
Dashain Banner

पारिवारिक झमेलामा रहेका प्रहरी जवानले संसद भवनमै गरे आत्महत्या

बुधबार, असार ५, २०८१

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
  
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए । प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ । उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।

दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या हुन्।  
उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।  

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्