Dashain Banner
Dashain Banner

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

आइतबार, असार २, २०८१

प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेदेखि संसद् भवन बानेश्वरमा सुरु हुने संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा पनि विनियोजित विधेयकमाथि मन्त्रालयगत छलफल जारी रहने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डले जानकारी दिए। 

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ। 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्